निर्वाचनको तयारी गर्न आयोगलाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ – नेपाल सरकारको मन्त्रीपरिषद्को बिहाबार साँझ बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका लागि औपचारिक पत्र लेख्ने निर्णय गरेको छ ।
सरकारले निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोगलाई निर्वाचनको तयारी शुरु गर्न पत्र लेख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
त्यस्तै, २ नम्बर प्रदेशमा निर्वाचन गर्न सक्ने अवस्थाबारे अध्ययन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिमा आपूर्ती मन्त्री दिपक बोहरा र उद्योगमन्त्री नविन्द्रराज जोशी पनि रहेका छन् । कार्यदललाई मूख्यतः २ नम्वर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यदेश दिइएको छ ।
त्यस्तै शिशिर ढुंगानालाई सचिवमा बढुवा गर्ने निर्णय पनि आजको बैठकले गरेको छ भने रिक्त रहेको चीनको गोन्जाउस्थित महावाणिज्य दूतमा रवि भट्टराईलाई नियुक्त गरिएको छ । यमकुमारी खतिवडालाई कामु सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले ६ वटा समादुयिक बनमा चिडियाँखाना खोल्ने पनि निर्णय गरेको कार्कीले जानकारी दिए ।
त्यसैगरी आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण