गोरखा काँग्रेसद्वारा जिल्ला सदस्य मनोनीत
शुक्रबार, २१ माघ २०७३, ०८ : १७
गोरखा - जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि नेपाली काँग्रेस गोरखाले जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । मनोनीत गर्नुपर्ने उपसभापति र सहसचिव पदमा भने आकाङ्क्षी धेरै भएपछि अझै मनोनीत गर्न सकेको छैन । गत वर्ष माघ २५ गते जिल्ला अधिवेशन भएको थियो ।
क्षेत्र नं १ बाट महासमिति सदस्य राजनराज पन्त, विश्वदेव श्रेष्ठ र इमानसिंह बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो । यस्तै क्षेत्र नं २ बाट बलराम खड्का र राजु गुरुङ जिल्ला सदस्यमा मनोनीत भए । क्षेत्र नं ३ बाट नुर्ब छुदेन गुरुङ र डिल्लीराम तिमल्सेना जिल्ला सदस्य मनोनीत भएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
बिहीबार बसेको बैठकले गङ्गाप्रसाद अधिकारी, जीवनराज वन्त, भीमप्रसाद अर्याल, तारानाथ पुडासैनी, रामशरण अधिकारीलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिए ।
एक सदस्यसहित केही आमन्त्रित सदस्य मनोनीत गर्न बाँकी रहेको छ । माघ २९ गते पालुङटारमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण