सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपा महाधिवेशनको उद्घाटनमै हलो र गाईको लफडा

शुक्रबार, ०६ फागुन २०७३, २० : २८
शुक्रबार, ०६ फागुन २०७३
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको पहिलो महाधिवेशनमै चुनाव चिन्ह हलो कि गाई भन्नेमा विवाद शूरु भएको छ । गत मंसिर ६ गते राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि बनेको राप्रपा नेपालले मंसिर ६ देखि ९ गतेसम्म एकताको पहिलो महाधिवेशन थालेको हो । दक्षिणपन्थी बिचारधारा बोक्ने पञ्चायतकालीन सिद्धान्तबाट दिक्षित राप्रपाको एकीकरण भएपनि भावनात्मक रुपमा एक ठाँउ नभएको उद्घाटन सत्रमा पार्टीका शीर्ष नेताले दिएको अभिब्यक्तिबाट प्रष्ट हुन्थ्यो । महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्रको विवादलाई पूर्व राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जवराले सतहमा ल्याएका हुन् । उनले राप्रपाको स्थापना कालदेखि नै चुनाव चिन्ह हलो रहेको र महाधिवेशनमा हलो नछोड्न उनले प्रतिनिधीहरुलाई निर्देशनात्कम आग्रह गरे । उनले राजनीतिमा २ मा २ जोड्दा ४ हुने मात्र नभई त्यो ८ पनि हुन सक्ने, १६ पनि हुन सक्ने र २२ पनि हुन सक्ने बताँउदै राप्रपा पहिलो दल हुन पनि सक्ने बताए । उनले ५२ सालमा राप्रपाबाट प्रधानमन्त्री बन्ने खेल भएको स्मरण गर्दै त्यसलाई उच्श्रृङखलताको संज्ञा दिए । उनले पूर्व राप्रपा नेपालका नेता कार्यकर्तातर्फ संकेत गर्दै धेरै उच्श्रृङखल भए फेरी पार्टी पहिलेकै अवस्थामा पुग्ने बताए । पशुपति शम्शेरले मात्र हैन राष्ट्रिय अध्यक्ष समेत रहेका डा. प्रकाशचन्द्र लोहनलीले पनि चुनाव चिन्ह हलो नै बनाँउन प्रतिनिधीहरुलाई आग्रह गरे । उनले गाँउ गाँउमा गएर ‘हलोले गर्छ जनताको भलो’ भन्ने नारा लगाएको बताँउदै हलो फेर्न नहुने बताए । उनले त्यसो भन्दा एकीकरण अघिको राप्रपाका कार्यकर्ताले हुटिङ् गरे । उनले दुबै पार्टीको तर्फबाट शक्ति सन्तुलन भएमात्र एकता हुने बताँउदै विना शक्ति सन्तुलन सहमत हुन नसकिने बताए । राप्रपा अध्यक्षमा कमल थापा सर्वसम्मत भनेको प्रति लक्षित गर्दै उनले भने–‘पार्टीका पदाधिकारी नियुक्त गर्ने हैन, पार्टीका कार्यकर्ताले चुन्नुपर्छ ।’ पूर्व राप्रपाका शीर्ष नेताले हलो सुरक्षित गर्न सार्वजनिक कार्यक्रमबाटै प्रतिनिधीलाई आफ्नो पक्षमा पार्ने जमर्को गरे पनि पूर्व राप्रपा नेपालका नेताले भने यसको प्रतिवाद गरेनन् । राप्रपा भित्रको विवाद कुन रुपको छ त्यो बन्द सत्रमा नै देखिएला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप