कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले संसद्मा देखाएको व्यवहार गलत भएको भन्दै यसको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेपछि प्रधानमन्त्री मर्यादा पालकको घेरामा रोष्टममा पुगेका थिए । प्रधानमन्त्रीले प्रस्ताव पेश गरेपछि एमाले नेता विष्णु पौडेलले प्रस्तावको पक्षमा धारणा राखेका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरु (नेपाली कांग्रेस) ले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ ।’
प्रधानमन्त्रीले रोष्टमबाट भने–
‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक–पटक साथ दियो । र, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु । र, तपाईंहरु नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ । आजको यो तपाईंहरुको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलङ्कको रूपमा स्थापित हुनेछ । र, मेरो विश्वासको पक्षमा समर्थन गर्ने नेकपा एमालेका माननीय विष्णु पौडेल लगायत सबै माननीय र संसदीय दललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण