इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ?
तेहरान । इरानी राष्ट्रपति इब्राहिक रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि हमासले आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हमासले इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ ।
दुःख र अप्ठ्यारो परिस्थितिमा आफूहरू इरानको साथ रहेको विज्ञप्तिमा भनिएको छ । ‘दुर्घटनामा इरानका त्यस्ता नेताहरूको ज्यान गएको छ जसले इरानको हितका लागि लामो लडाइँ लडे र हाम्रो लडाईलाई पूर्ण समर्थन गरे ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यहुदीहरूको अत्याचार विरुद्ध प्यालेस्टाइन र प्यालेस्टिनीहरूको लागि लड्न उनले आफूहरूलाई सधैँ समर्थन गरेको बताइएको छ ।
इरानी जनताहरू यस दुःखद दुर्घटनाबाट बाहिर आउन सक्षम हुने आशा गरिएको छ । इरानका जनताले यस्ता दुर्घटनाहरू लामो समयदेखि भोग्दै आएको पनि बताइएको छ । यस हेलिकप्टर दुर्घटनामा रईसी समेत इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लायान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण