मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीको विस्तारित बैठक सुरु

शुक्रबार, २२ पुस २०७९, १६ : १८
शुक्रबार, २२ पुस २०७९

पर्सा । प्रभु साह नेतृत्वको आम जनता पार्टी  मधेस प्रदेश समितिको विस्तारित बैठक बोलाएको छ । पर्साको वीरगन्जमा सुरु भएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतको विषयमा छलफल हुने बताइएको छ ।

विस्तारित बैठकको उद्घाटन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरेका छन् । प्रभु साह रौतहटबाट स्वतन्त्रतर्फ चुनाव जितेका छन् ।  अध्यक्ष साहले कुनै पनि नेता आफैमा ठुलो सानो नहुने भन्दै जनताले ठुलो, सानो बनाउने भएकाले जनताको काममा ध्यान दिन आग्रह गरे ।

आम जनता पार्टी अहिले हेर्दा सानै पार्टी देखिए पनि जनताको हितमा काम गर्दै गएपछि देशकै ठुलो दल बन्न सक्ने भएकाले जनहितको काममा पार्टीलाई लाग्न उनले आग्रह गरे । जसपासँग चुनावी तालमेल गर्दा आफूले एमालेमा फरक मत राख्दै आएका थिए । तर त्यसमा सुधार नगरेपछि आफूले सो पार्टी छाडेर स्वतन्त्रमा चुनाव लड्न बाध्य भएको उनले धारणा राखेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप