मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ सम्मेलनको आयोजना गर्दै

शनिबार, २३ पुस २०७९, १४ : ०६
शनिबार, २३ पुस २०७९

भारतले यही पुस २८ गतेदेखि २९ गतेसम्म एक विशेष भर्चुअल शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ विषयवस्तु अन्तर्गतको यस ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ले ग्लोबल साउथका राष्ट्रहरूलाई साझा मञ्च प्रदान गरी उनीहरूका विचार तथा प्राथमिकता एक अर्कासँग आदानप्रदान गर्न उनीहरूलाई एकै ठाउँमा ल्याउने परिकल्पना गरेको भारतको विदेश मन्त्रालयले जानकारी दिएको हो । 

यो पहल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको परिकल्पना “सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास” बाट प्रेरित छ र भारतको वसुधैव कुटुम्बकम दर्शनमा आधारित छ ।  यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ । भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरूबाट आएका अमूल्य सुझावहरूलाई विश्वव्यापी रूपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्नेछ । 

यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्ध नभएका राष्ट्रहरूलाई जी–२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्दछ । यो जी–२० का सदस्यहरूसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरूका आवाजलाई पनि उत्तिकै महत्त्व दिँदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री मोदीको भनाइ अनुरूप रहेको मन्त्रालयको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप