जानकारी बिनै प्रचण्ड र देउवा कहाँ धाउने पार्टीका नेतासँग माधव नेपाल असन्तुष्ट
काठमाडौँ । एकीकृत समाजवादीका नेताहरूले पार्टीमा जानकारी बेगर एक्ला–एक्लै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् । उपमहासचिव जगन्नाथ खतिवडाले २२ गते शुक्रबार बिहान ८ बजे र सचिव रामकुमारी झाँक्रीले त्यही दिन बिहान ९ माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको सूचना पाएपछि अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गम्भीर आपत्ति जनाएका हुन् । सोही दिन झाँक्री लगायत केही सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए ।
खतिवडाले प्रचार विभाग प्रमुखको हैसियतमा पार्टी अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीचको भेटलाई व्यक्तिगत भन्ने, तर आफैँ खुसुखुसु प्रचण्डसँग भेट्न जाने कुरा सुहाउँदो नभएको भन्दै उनलाई कारबाही गरिनुपर्ने आवाज पार्टी पदाधिकारीबीच उठेको छ । प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री हुने तयारी गर्ने क्रममा एकीकृत समाजवादीलाई बेवास्ता गरी एक्लै गएको घटनापछि दुई पार्टीबीचको सम्बन्धमा आएको चिसोपना अझै कम भैसकेको छैन । पछिल्ला दिनमा सरकारलाई समर्थन गर्ने र एकता मामिलालाई लिएर संवाद सुरु भए पनि एकीकृत समाजवादीले प्रचण्डको कार्यशैली विश्वसनीय नभएका कारण अझैसम्म समर्थन दिने कि नदिने भन्ने निर्णय समेत गरेको छैन । यस्तो स्थितिमा पार्टीका पदाधिकारीहरू जानकारीबिना बालुवाटार जाने कुरा आपत्तिजनक रहेको एक पदाधिकारीले बताए ।
पार्टी महासचिव डा. बेदुराम भुसालले केही नेताहरूले अन्य पार्टीका नेताहरूलाई भेटेकोबारे पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘उहाँहरूले आफूखुसी भेटेको हो, त्यसबारे पार्टीलाई केही जानकारी छैन’, महासचिव भुसालको भनाइ छ । यसरी नेताहरूले आफूखुसी अर्को पार्टीका नेताहरू भेट्न थालेपछि अध्यक्ष नेपालले आफूनिकटका नेताहरूसँगको कुराकानीमा उनीहरूको कार्यशैलीले शङ्का उब्जाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘राजनीतिक भेटघाट हुनु सामान्य हो, तर यस्तो बेला पार्टीलाई जानकारी नदिई नेताहरू भेटघाटमा लाग्नुले शङ्का उब्जाएको छ’, माधव नेपाल निकट एक पदाधिकारीले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘नेताहरूका यस्ता गतिविधि र कार्यशैलीले शङ्का गर्ने ठाउँ देखियो ।’
*अध्यावधिक गरिएको-यसैबीच रातोपाटीमा समाचार प्रकाशित भएसँगै नेता जगन्नाथ खतिवडाले आपत्ति जनाउँदै आफूले अन्य पार्टीका नेताहरुलाई नभेटेको दावी गरे । उनले आफ्नाविरुद्ध षड्यन्त्र गरिएको पनि बताए । ‘हुँदै नभएको समाचार हो यो । मेराविरुद्ध कसैले षड्यन्त्र गरेको हुनसक्छ’, खतिवडाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण