शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘रिसाऊ बरु सहन्छु’ शान्ति र प्रिन्सको रोमान्स

आइतबार, २४ पुस २०७९, १८ : ०६
आइतबार, २४ पुस २०७९

काठमाडौं । गायक तथा सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ र गायिका शान्ति गजमेर सुनारको ‘रिसाऊ बरु सहन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द नवराज भुमरी आचार्यका रहेका छन् । सङ्गीत स्वयम् गायक तथा सङ्गीतकार थापाले भरेका छन् ।  उदय राज पौडेलले सङ्गीत संयोजन रहेको रहेको भिडियोमा गायिका सुनार र प्रिन्स विश्वकर्मा फिचडको अभिनय छ ।

कालिन्चोक वरपरका दृश्य समेटिएको भिडियोको छायाङ्कन सुजन श्रेष्ठले गरेका हुन । भिडियोको सम्पादन दिन्सन शाहकोे छ । प्रनव सुनार निर्माता रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप