यमन ‘माझी किङ’ अवार्डबाट सम्मानित
सोमबार, २५ पुस २०७९, २१ : २४
काठमाडौँ । यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन् ।
छैटौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझी जातीय पहिचानको लागि विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डमार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो ।
यमनले अवार्ड प्राप्त गरिसकेपछि आफूलाई थप हौसला मिलेको बताए । उनले आफ्नो भाषा,संस्कार र संस्कृति जोगाउन आफैँले केही पाठ्यक्रम बनाइ काठमाडौँ तथा गाउँ बस्तीमा समेत आफ्नो भाषा सिकाएका थिए ।
सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थानको निम्ती गीत सङ्गीत,फिल्म डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड-२०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण