नेसपाद्वारा गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन गरेको छ । नेसपाको दुई दिनसम्म चलेको राजनीतिक संवाद समितिको बैठकले पार्टी एकता गर्न श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।
'हामीले अध्यक्ष बाबुराम भट्टराईको प्रतिवेदन पारित गरेका छौँ। माओवादी केन्द्रसहित अन्य कम्युनिस्ट घटकसँग एकता गर्न संवाद समिति गठन गरेका छौं' नेता गंगानाराय श्रेष्ठले भने,'अरू पाँच सदस्य बनाउने तयारी भए पनि फाइनल भएको छैन । अरू को को सदस्य थप्ने भन्ने विषय छिट्टै टुङ्गो लग्छ ।'
नेता महेन्द्र राय यादव अस्वस्थ भएकाले समितिका अन्य सदस्यको टुङ्गो नलागेको श्रेष्ठले बताए । यता माओवादीले समेत नेसपासहित अरू कम्युनिस्ट घटकसँग एकता गर्न कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति बनाएको छ । अब दुवै पार्टीबाट वार्ता टोली गठन भएकाले एकता प्रक्रिया अघि बढ्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको नजरमा सरकार ढलिसक्यो : प्रचण्ड
-
अञ्जला कोइरालाका सवालमा उच्च अदालतका दुई न्यायाधीशको राय बाझियो
-
प्रचण्डको सम्बोधनमा सरकारको आलोचना हुँदा खुसी देखिए कान्छाराम
-
दूरगामी महत्वका नीति तथा कार्यक्रममाथि सरकारले कैँची चलायो– प्रचण्ड
-
पीएसजीका युवा विंगरका लागि रियल म्याड्रिड ठुलो रकम खर्चन तयार
-
अध्यक्ष प्रचण्डको प्रश्न : दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता ?