बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पर्याप्त प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ

मङ्गलबार, २६ पुस २०७९, ०८ : ३९
मङ्गलबार, २६ पुस २०७९

सडक डिभिजन कार्यालय जुम्लामा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको छ । प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म गर्न गाह्रो हुने गरेको हो । 

डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार सब-इन्जिनियरको दरबन्दी १२ जनाको भए पनि ३ जना मात्र कार्यरत छन् । जना सब-इन्जिनियरको दरबन्दी रिक्त छ । ५ जना इन्जिनियरको दरबन्दी भएको सडक डिभिजन कार्यालयमा २ जना मात्रै कार्यरत छन् । भौगोलिक विकटताका कारण कर्णालीमा इन्जिनियर र सब-इन्जिनियर आउन नमान्ने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए । 

'पटक-पटक दरबन्दीअनुसारको जनशक्ति पठाउन माग गरिन्छ' कार्यालय प्रमुख श्रेष्ठले भने, ‘विभागले प्राविधिक जनशक्ति खोज्नुस्‚ हामी पठाइदिन्छौं भन्छ तर कार्यालय प्रमुख प्राविधिक जनशक्ति खोजेर कहाँ जानु । जनशक्ति अभावले निकै ठूलो समस्या झेल्नु परिरहेको छ । '

कर्मचारीको अभाव भएकाले डिभिजन कार्यालयले सानातिना कार्यक्रममा कम र ठुला आयोजनामा बढी केन्द्रित भएको जनाएको छ । अहिले चारवटा हाइवे कर्णाली राजमार्ग, नाग्म गमगडी सडक, मनाङ-मुस्ताङ जोड्ने सडक र जुम्ला-डोल्पा सडकलाई प्राथमिकतामा राखेर काम भइरहेको कार्यालयले जनाएको छ । कर्णालीमा कर्मचारी आउन नमान्नु‚ भूगोल र मौसम नै अहिलेका मुख्य चुनौती हुन् । सडक डिभिजन कार्यालयको वार्षिक बजेट झन्डै अर्बभन्दा बढी छ । तर, सबै बजेट खर्च हुन सक्दैन ।

जनशक्ति अभावले नाक्चालाग्ना सडक कम प्राथमिकतामा
गमगडी हुँदै नाक्चालाग्ना सडक निर्माणका लागि मुगुमा योजना कार्यालय खोलिएको छ । तर‚ कार्यालय सहयोगी र लेखापालबाहेक अन्य कर्मचारी छैनन् । दरबन्दी हेर्दा योजना प्रमुख एक जना, इन्जिनियर २ जना, सब-इन्जिनियर ४ जना र १ लेखाअधिकृत र लेखापालको दरबन्दी देखिन्छ । नामले निकै ठूलो मानिएको योजना कार्यालय कामले निकै शून्य छ । 

अहिले योजना कार्यालय मुगुको प्रमुखको जिम्मेवारी पनि सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठलाई दिइएको छ । मलाई योजना कार्यालयको प्रमुख भनेर अतिरिक्त जिम्मेवारी दिइएको छ,उनले भनेअहिले कर्मचारीलाई तलब दिने काम हुन्छ । जनशक्ति खटनपटन गर्न कठिन छ । प्राविधिक जनशक्ति दरबन्दीअनुसारको नहुँदा गमगडी नाक्चालाग्ना सडक पनि प्राथमिकतामा पर्न सकिरहेको छैन ।

गमगडीदेखि नाक्चालाग्नासम्मको झन्डै ९६ किलोमिटरमध्ये अहिलेसम्म १७ किलोमिटर मात्र सडक खनिएको छ । त्यही पनि पहिरोले सडकको सबै खण्ड अस्तव्यस्त छ । २०६७ सालमा पहिलो टेन्डर खोलेर निर्माण कार्य प्रारम्भ भएको नाग्चालाग्ना सडक कछुवाको गतिमा निर्माण अघि बढिरहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप