शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानद्वारा अन्तर्राष्ट्रिय दबाबपछि महिलामाथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत

मङ्गलबार, २६ पुस २०७९, ११ : ०१
मङ्गलबार, २६ पुस २०७९

महिलामाथिको प्रतिबन्धलाई लिएर अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गरिरहेको तालिबानले केही नरम हुने संकेत देखाएको छ ।

अफगानिस्तानमा काम गर्ने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायता एजेन्सीले कम्तीमा तीन तालिबान मन्त्रीहरूले महिलामाथिको प्रतिबन्ध हटाउन शीर्ष नेतृत्वले काम गरिरहेको जानकारी दिएको बीबीसी पश्तोले रिपोर्ट गरेको छ ।

काबुल भ्रमणमा रहेका नर्वेको शरणार्थी परिषद्का प्रमुख जान इगल्यान्डले बीबीसी पश्तोसँगको विशेष अन्तरवार्तामा तालिबानले महिलाको काम र बालिका शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन नसके अफगानिस्तानलाई अन्तर्राष्ट्रिय सहायता बन्द हुन थाल्ने बताए ।

उनले भने, ‘तालिबान नेताहरूले मलाई भने कि उनीहरू अर्को फरमानमा काम गरिरहेका छन् । यस फरमानका अनुसार महिलाहरूलाई पढ्न अनुमति दिइनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, महिलाहरू काममा फर्कन सक्नेछन् ।’

‘उनीहरूले आफ्नो वाचा पूरा गर्नुपर्छ, हामीलाई वाचा गरिएको थियो कि हामी महिलाहरूसँग काम गर्न सक्षम हुनेछौं, उनीहरूलाई शिक्षा दिइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप