शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाका केस तीव्र गतिमा बढ्ने सम्भावना कम : सरकार

मङ्गलबार, २६ पुस २०७९, २१ : ५३
मङ्गलबार, २६ पुस २०७९

भारतमा कोभिड वर्किङ ग्रुपका अध्यक्ष डा एनके अरोराले देशमा कोरोना भाइरसको सङ्क्रमण विद्यमान भए पनि तीव्र गतिमा नफैलिएको बताएका छन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, "हामीले जीनोम सिक्वेन्सिङ बढाएका छौँ र एयरपोर्टमा स्क्रिनिङ गरिरहेका छौँ। हामीले कुनै नयाँ भेरिएन्ट फेला पारेका छैनौँ ।"

"हामीले पनि ढलको नमुना लियौँ तर हामीले कुनै नयाँ संस्करण फेला पारेका छैनौँ, र आगामी हप्ताहरूमा केसहरूमा द्रूत वृद्धि हुने सम्भावना कम छ। भारतमा पाइने ओमिक्रोनको भेरियन्ट संसारकाअन्य भागहरूमा पनि पाइन्छ। ।"

उनले भने, ‘कोभिडको भेरियन्टले यहाँ आफ्नो पाइला जमाउन सकेको छैन र यसका कारण अस्पतालमा भर्ना हुनेको सङ्ख्या बढिरहेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप