बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंक लिमिटेडको १५ ‍औँ वार्षिक साधारण सभा सम्पन्न

मङ्गलबार, २६ पुस २०७९, २२ : ३४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ आंै वार्षिक साधारण सभामा आ.ब. २०७८/७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । 

साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह “क”) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र  प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह “ख”) को तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप