बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मलाइका अरोडाले भनिन्, ‘नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न उत्साहित छु’

बिहीबार, २८ पुस २०७९, ११ : ५३
बिहीबार, २८ पुस २०७९

बलिउड अभिनेत्री मलाइका अरोडाले आफू नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न लागेकोमा निकै उत्साहित भएको बताएकी छिन् ।

नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा चौथो जेम एण्ड ज्वेलरी एक्सपोले बिहिबार ज्वेलरी फेसन शो आयोजना गरेको छ । यसमा मलाईका अरोडा शो स्टपरको रुपमा र्‌याम्प वक गर्दैछिन् ।

malaika-001नेपालमा हुँदा कस्तो अनुभव भइरहेको छ भनेर मलाईकालाई सोधिएको प्रश्नमा उनले यहाँ आउँदा आफूलाई निकै खुसी लागेको र आमन्त्रण गरेकोमा धेरै खुसी लागेको बताएकी छिन् ।

नेपाल भ्रमण आफ्नो पहिलो नभई यसअघि पनि धेरैपटक नेपाल भ्रमणमा आइसकेको जानकारी दिँदै उनले यसपटकको भ्रमण छोटो भएको जानकारी दिएकी छिन् । उनले भनिन्,‘ म यहाँ निकै थोरै समयको लागि आएकी छु तर यहाँ जति समय बस्छु, त्यसलाई विशेष बनाउनेछु ।’

malaika2-001नेपालको फेसन, सङ्गीत र फिल्मबारे केही मात्रै जानकारी भएको बताउँदै यसपटक भने धेरैभन्दा धेरै जानकारी बटुल्ने योजनामा भएको पनि जानकारी दिइन् ।

‘नेपाल र भारत सांस्कृतिक रुपमा पनि अन्तरसम्बन्धित  भएकोले यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा म निकै नै खुसी छु ,’ उनले भनिन् ।

malaika3-001‘नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न म निकै उत्साहित छु,’ उनले अन्तिममा भनिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप