माघे सङ्क्रान्तिमा बन्दीपुरमा पनि गोरु जुधाइने
शनिबार, ३० पुस २०७९, ०८ : ४८
माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो ।
नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्र्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए । क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ ।
प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ । प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद रु १५ हजार र दोस्रो हुनेले रु सात हजार पुरस्कार पाउनेछन् । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण