आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रोजगारी सिर्जना गर्न सामूहिक लगानी : अध्यक्ष मल्ल

आइतबार, ०१ माघ २०७९, १० : २९
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामुहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष मल्लले भने, ‘आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ । प्रत्येक बर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउ“दा विदेशिन बाध्य भईरहेका छन, ।’ उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नया“ नया“ रोजगारी सिर्जना गर्नका लागि निजी  त्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए ।

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाई छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरि योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए ।

विद्यार्थीले विश्वविद्यालयमा पठन पाठनसंगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अध्यक्ष मल्ले जोड दिए । सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिजर्ना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप