कविता : भूकम्प दिवस
सोमबार, ०२ माघ २०७९, १० : ०७
यो माघ बाघसरिको, किन हुन्छ यस्तो
भूकम्पको डर हुँदा , कमजोर जस्तो
साँच्चै छ त्रास अहिले, पनि यो धरामा
भूकम्पले त्रसित छन्, जन यो पलामा ।
भूकम्पको दिवस यो, मनमा बसेको
कालो छ माघ महिना, छ दुई गतेको
धेरै मरे मनुज ध्वस्त भए पँधेरो
कालो भयो दिन सबै,अति भो अँधेरो ।
धेरै मरे मुलुकमा, घरले थिचेर
बच्चा अनाथ बनिए, ममता छिनेर
सम्झेर आज मनले, कविता बनाएँ
भूकम्पको दिवसमा, यति लेख्न भ्याएँ ।
वैशाख बाह्र मनमा, छ सधैँ बसेको
धेरै मरे भुवनमा, छु अझै बचेको
ढल्दै गयो धरहरा, मन यो रुवायो
चल्दै गएर अभियान पुरा उठायो ।
वैशाख, माघ महिना, अब आउँदामा
सोच्दै छु आज मनले, दुख पाउँदामा
भूकम्पमा जति मरे, सब साथमा यो
श्रद्धाञ्जली छ जनमा, समवेदना यो ।
तारकेश्वर नगरपालिका ३, काठमाडौं, नेपाल।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण