नेपाल टेलिकमको सिस्टम डाउन, फोन र एसएमएसमा देखियो समस्या
मङ्गलबार, ०३ माघ २०७९, १३ : ४४
काठमाडौँ । नेपाल टेलिकमको सिस्टममा समस्या देखिएको छ । सिस्टम डाउन भएसँगै टेलिकमबाट हुने सम्पर्कमा समस्या देखिएको छ । टेलिकमको सिमबाट फोन गर्दा नलाग्ने र म्यासेज गर्दा नजाने समस्या देखिएको हो ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले १ घण्टा अघि टेलिकमको सिस्टममा समस्या आएको पुष्टि गरे । उनले रातोपाटीसँग भने- १ घण्टा अघि समस्या आएको थियो । समस्या आएलगत्तै समाधान गरेपनि फेरि समस्या देखिएको छ ।
उनका अनुसार डाउन भएको टेलिकमको सिस्टम बनाइसकेपछि पनि पुनः समस्या आएको छ । तर, सुरुवाती समयकोभन्दा धेरै हदसम्म समस्या समाधान भइसकेको उनको भनाइ छ । यस्तै, समस्या समाधान लगत्तै टेलिकममा कल आगमन बढेका कारण पुनः समस्या निम्तिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण