पार्टीको मूल नीति बनाउन झलनाथको संयोजकत्वमा समिति गठन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले खनालको संयोजकत्वमा समिति गठन गरेको हो ।
खनाल नेतृत्वको समितिले पार्टीको सिद्धान्त,आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक मुल नीति र पार्टी निर्माणको मूल दिशाको बारेमा मस्यौदा तयार गर्नेछ । उक्त मस्यौँदा पार्टी कमिटीहरुबाट अनुमोदन भएपछि कार्यान्वयनमा लगिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । खनाल नेतृत्वको मस्यौदा समितिको सदस्यमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल, जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण