शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

योनीको क्लिटोरिसको आकार बढ्दा शल्यक्रिया गराउने एक महिलाको कहानी

शुक्रबार, ०६ माघ २०७९, १२ : ५७
शुक्रबार, ०६ माघ २०७९

क्लिटोरिस ठुलो हुनु कुनै रोग होइन तर यो एउटा विकार हो जसलाई क्लिटोरोमेगाली भनिन्छ ।

यसका धेरै कारण हुन सक्छन्, आनुवंशिकदेखि हर्मोनल असन्तुलनसम्म । स्टेरोइडको प्रयोग पनि यसको कारण हुनसक्छ ।

हालै, ब्राजिलको आसिस शाटोब्रियन म्याटरनिटी स्कुलले क्लिटोरिसको विकारलाई ठिक पार्ने शल्यक्रिया क्लिटोरोप्लास्टी गर्‍यो ।

शल्यक्रिया गराएकी मारिया २२ वर्षकी हुन् र उनले यो शल्यक्रियाको प्रक्रियाबारे बीबीसीलाई बताएकी छिन् ।

मारियाले आफ्नो क्लिटोरिसको साइजबारे चिकित्सकहरूको टोलीसँग सल्लाह गरिन् । सन् २०२१ को डिसेम्बरदेखि उनी हर्मोनल असन्तुलनका लागि उपचार गराइरहेकी थिइन् ।

मारियाले यौन सम्पर्कका क्रममा आफ्नो यौनाङ्गको माथिल्लो भाग (क्लिटोरिस) आकारमा ठुलो भएका कारण उनलाई निकै असहज महसुस भएको बताइन् ।

उनी भन्छिन्, ‘१८ वर्षको उमेरमा जब म यौन क्रियाकलापमा सक्रिय भएँ तब मैले महसुस गरेँ कि मेरो क्लिटोरिस निकै फुलेको थियो । मलाई यसले तनाव दिइरहेको थियो ।’

operationसमाधानको खोजी

मारियाले एक स्त्री रोग विशेषज्ञसँग क्लिटोरिसको आकार घटाउने उपायहरूबारे कुरा गरिन् ।

डाक्टरले परीक्षण गर्दा थाहा भयो कि मारियामा वंशाणुगत विकार भएका कारण क्लिटोरिसको अनियमित विकास भएको थियो ।

मारियाले भनिन्, ‘दैनिक जीवनमा यसले मलाई निकै समस्यामा पार्दथ्यो तर यौनसम्बन्धका बेला मेरो नजर जब यसमा पर्दथ्यो तब मलाई लाग्थ्यो कि यो कुनै सामान्य कुरा होइन । त्यसैले म यसलाई सानो बनाउन चाहन्थेँ ।’

यद्यपि, उनका पार्टनरले यसका कारण कहिल्यै उनीसँग असहजता व्यक्त गरेनन् तर उनले उनलाई उपचारको सुझाव दिए किनभने यो स्थितिले मारियालाई असहज बनाइरहेको थियो ।

मारिया बस्ने ब्राजिलको सिएरा प्रान्तमा यसका कुनै डाक्टर थिएनन्, त्यसैले साओ पाउलोका एक व्यवसायी डाक्टरले शल्यक्रिया गर्न ३,००० किलोमिटर यात्रा गर्न राजी नभएसम्म उनले कुर्नुपरेको थियो ।

उनी बताउँछिन्, ‘शल्यक्रिया सफल भयो । अब म पूर्ण रूपमा महिला जस्तो महसुस गर्छु, किनभने यो मेरा लागि कुनै सामान्य कुरा थिएन । धेरै मानिसका लागि यो निकै सानो समस्या हो तर भुक्तभोगीहरूका लागि यो असाध्यै गाह्रो चिज हो ।’

internal organ‘यो कुनै रोग होइन’

शल्यक्रिया गर्ने स्त्री रोग विशेषज्ञ मार्सेलो प्रासाजेसले क्लिटोरिसको आकार ठुलो हुनु ‘सामान्य विकाससम्बन्धी विकार’ भएको बताइन् ।

यद्यपि यसले महिलाको आत्मविश्वासमा असर पर्ने उनी स्विकार्छिन् ।

मार्सेलो प्रसेजेस भन्छिन्, ‘तर ठुलो क्लिटोरिस हुनु कुनै रोग होइन ।’

internal organ1क्लिटोरोप्लास्टी भनेको के हो ?

क्लिटोरिसको आकार घटाउँदा महिलाको कामुकतामा असर पर्दैन ।

यस अङ्गमा ८००० भन्दा बढी स्नायुहरूको अन्त्य हुन्छ । एउटा सानो बटन जस्तै, क्लिटोरिसको साइज महिला अनुसार फरक हुन्छ ।

डा. प्रासेजले क्लिटोरिस ठुलो हुनु (क्लिटोरोमेगाली) को पछाडि केही कारणहरू हुने बताउँछिन् ।

यसको कारण जेनेटिक वा हार्मोनल डिसअर्डर वा स्टेरोइडको प्रयोग आदि जुनसुकै कारण हुन सक्ने उनीहरूको भनाइ छ ।

स्टेरोइडहरू प्रायः मांसपेशी बढाउनको लागि लिइन्छ ।

गर्भावस्थाको समयमा लिइएको हर्मोन पनि यसको अनियमित विकासको कारण हुन सक्छ । कतिपय ट्युमर पनि पुरुष हर्मोन बढ्नुको कारण हुन् ।

तर यदि धेरै अनियमित वृद्धि हुन्छ भने, त्यसको पछाडि पाेलीसिस्टिक ओभेरियन सिन्ड्रोम (पिसिओएस) पनि एउटा प्रमुख कारण हुनसक्छ ।

डा. प्रेसेजेस भन्छिन्, ‘पिसिओस प्रजनन उमेर भएका महिलामा एक साधारण एन्डोक्राइन राग हो र यो उमेरमा यो हुने आशङ्का ५ प्रतिशतदेखि ७ प्रतिशत हुने गर्छ ।’

coupleके क्लिटोरिसको निश्चित आकार हुन्छ ?

डा प्रासाजेसका अनुसार यसले अनियमित महिनावारी, डन्डिफोर, शरीरमा धेरै रौँ आउन सक्ने र धेरै गम्भीर मामिलामा क्लिटोरिसको अनियमित वृद्धि हुनसक्छ ।

यसका कारण यौन सम्पर्क गर्दा असहजता उत्पन्न हुन्छ । क्लिटोमेगालीका कारण धेरै महिलाले बिकिनी वा टाइट फिटिङ कपडा लगाउन नसक्ने विज्ञहरू बताउँछन् ।

डा. प्रासाजेस भन्छिन्, ‘शल्यक्रिया गर्दा हामी ठुला आकारका तन्तुहरू एकदमै सटीक रूपमा हटाउने गर्छौँ । तर हामी संवेदनशील क्षेत्र र स्नायुहरूलाई छुँदैनौँ, जुन सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो ।’

डाक्टरहरू विश्वास गर्छन् कि यसको कुनै मानक आकार छैन । तसर्थ यसबाट असुविधाको अवस्था आएमा विज्ञको सल्लाह लिनुपर्छ ।

‘आफूलाई कस्तो लाग्छ भन्ने निर्णय बिरामीले गर्नुहुँदैन । आकारमा अलिकति परिवर्तन भयो र व्यक्ति त्यसमा सन्तुष्ट भएमा कुनै समस्या छैन,’ डा. प्रेसेजेस सल्लाह दिन्छन् ।

यद्यपि चिकित्सा विज्ञानमा यसलाई मूल्याङ्कन गर्ने एउटा मापन छ जसलाई प्राडेर भनिन्छ । यसमा एक देखि चारसम्म नम्बरहरू हुन्छन्, जसबाट यौनाङ्गको अनियमित वृद्धि मापन गरिन्छ, तर यो काम विशेषज्ञहरूले मात्र गर्न सक्छन् ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप