सहिद परिवारको घरमा प्रहरी पुगेको घटनाको क्रान्तिकारी माओवादीद्वारा विरोध

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले दोलखाको वैतेश्वर गाउँपालिका ७ की धनकुमारी रिमालको घरमा प्रहरी प्रशासन पुगेको घटनाको विरोध गरेको छ । गत पुस २५ गते माओवादी विद्रोहमा मारिएका केशरराजश्वराज रिमाललाई गिरफ्तार गर्न भनेर प्रहरी टोली धनकुमारीको घरमा पुगेको थियो । केशर धनकुमारीका माइला छोरा हुन् ।
क्रान्तिकारी माओवादीले यो घटना संशोधनवादी कम्युनिष्टहरु सत्तामा पुगेपछि भएको लापरर्वाही र उन्मादीको स्पष्ट अभिव्यक्ति भएको बताएको छ । शुक्रबार सो पार्टीका प्रवक्ता प्रतिकले एक विज्ञप्ति जारी गरी उक्त घटनाको घोर विरोध गर्दै भर्त्सना गरेका छन् ।
उनले तत्कालीन जनयुद्धमा जीवन बलिदान गर्ने योद्धाहरुलाई तत्काल राष्ट्रिय सहिद घोषणा गरी सम्मान व्यक्त गर्न, वेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्न र सहिद तथा घाइते अपांगहरुको जीवनयापनको गर्न सरकारसँग माग समेत गरेका छन् ।
रिमालले तत्कालीन माओवादी विद्रोहका क्रममा २०५९ मंसिर १९ गते दोलखाको कालिञ्चोक गाउँपालिका ४ बञ्चरेमा ज्यान गुमाएका थिए । उनका विरुद्ध २०६३ साल जेठ २८ गते विष्फोटक पदार्थ तथा हातहतियार सम्बन्धी मुद्धा दायर भएको प्रहरीको भनाई छ । राज्यले तत्कालीन माओवादी जनयुद्ध, २०६२–६३ को जनआन्दोलन र मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा
-
बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै
-
फिलिपिन्सको पानी जहाजमा आगो लाग्दा १२ जनाको मृत्यु