नक्कली लाइसेन्स प्रकरण
नक्कली लाइसेन्स प्रकरणमा थप ६ जना पक्राउ
मङ्गलबार, २५ वैशाख २०८१, १९ : ३८
काठमाडौँ । बिचौलियाहरूसँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा यातायात व्यवस्था विभागको प्रिन्ट शाखामा कार्यरत बिर्जु कुमार चौधरी, आईटी शाखाका पूर्वकर्मचारी बसन्त पाण्डे, लजारस सुनार र मिलन बास्तोला छन् ।
यातायात व्यवस्था विभागबाट वितरण भएको १ लाख २ हजार नक्कली लाइसेन्सबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले सुरज प्रकाश अर्याल, हरिश भट्ट र नारायण प्रसाद पाण्डेलाई पक्राउ गरेका थियो । लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण