नेतृत्वकै कारणले कांग्रेस लथालिङ्ग भयो : जगदीश्वर नरसिंह केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पार्टी नेतृत्वकै कारण कांग्रेस लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेका बताएका छन् । आइतबार बिहान बसेको शेखर कोइराला समूहको बैठकमा धारणा राख्दै नेता केसीले देशको एक नम्बर राष्ट्रिय शक्तिको रुपमा स्थापित पार्टी नेतृत्वकै कारणले लथालिङ्ग र अस्तव्यस्त अवस्थामा पुगेको बताएका हुन् ।
नेतृत्वले विधान र लोकतन्त्र विपरीतका हर्कत गर्दा इमानदार नेता तथा कार्यकर्तामा यातनामय अनुभव भइरहेको उनको भनाइ छ । ‘आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहिन गठबन्धन र अपारदर्शी साँठगाँठ वा सौदावाजीले नेपाली कांग्रेसलाई स्खलित, कमजोर र रुग्ण बनाइएको छ’, उनले भने, ‘जनताले कांग्रेसलाई संसदको सर्वाधिक ठूलो पार्टी बनाईदिएका छन् । तर नेतृत्वको नालायकीपनले गर्दा सत्ताप्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।’
उनले ६ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनित भएका पाँचवटा भातृसंस्थाका केन्द्रीय समितिहरू पनि मनपरी ढंगले चलिरहेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण