शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किरण गजमेरको सम्झनामा रेजिना

सोमबार, ०९ माघ २०७९, १३ : ०३
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । पछिल्लो समयका चर्चित गायक किरण गजमेरको स्वर तथा विकाश घले गुरुङको शब्द रहेको नयाँ गीत ‘केही सम्झना’ सार्वजनिक भएको छ । गजमेर ‘भ्वाईसकप अफ नेपाल’ सिजन थ्री का विजेता हुन् । मेरो भ्वाइसकप अफ नेपालको उपाधिपछि देश विदेशका कार्यक्रमले उनी निकै व्यस्त छन् । विकास इनास पेन्सलभेनिया राज्य समिति अमेरिकाको अध्यक्ष हुन् ।

गीतमा चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतलाई संगीत संयोजन देवेन्द्र नेवाःको रहेको छ । गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । जीवनका उतार चढावमा परिवारिक र साथीभाइ बीच हुने मिलन बिछोडको कथा बुनिएको भिडियोमा बिछोडमा पनि सकारात्मक सोच र माया कायम राखियो भने पुनः मिलन हुन सक्ने सन्देश दिएको छ ।

भिडियोमा दीपेश ढकाल र रेजिना सुब्बाको मोडलिङ रहेको छ । दीपेश रामकृष्ण ढकालको ‘म हराय’ र ‘काली’ गीतमा समेत मोडलिङ गरिसकेका मोडल हुन् भने रेजिना ‘मेरो डान्सकप सिजन ४’ टप १० प्रतिस्पर्धी हुन् । उनले यसै भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

अमेरिकामै छायांकन भएको भिडियोका छायांकार बिशाल ढुंगान हुन्  भने निर्देशन सम्पादन गीतकार विकास घले गुरुङ आफैंले गरेका छन् । विकास बहुप्रतिभाशाली ब्यक्ति हुन् । आदिवासी चलचित्रका लेखक, निर्देशक समेत रहेका विकास चर्चित नृत्य निर्देशक पनि हुन् । कलाक्षेत्रको विभिन्न बिधामा क्रियाशिलताको अलवा विकास अन्तर्राष्ट्रिय तेक्वान्डो खेलाडी, प्रशिक्षक र रेफ्री समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप