आत्मदाहबारे गगन : यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताएका छन् ।
इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाबारे बोल्दै महामन्त्री थापाले थापाले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्नुपर्ने जिकिर गरेका हुन् ।
सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन् कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसङ्गहरूले त झन् पटक-पटक घोचिरहेको छ। यसो सोच्छु-उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुँदैनथ्यो कि! फेरी सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिस्टमको असफलता हो। म, हामी सिस्टम चलाउनेको असफलता हो। कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ। अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ला!’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण