पूर्वप्रधानमन्त्री नेपालद्वारा गौरमा घन्टाघरको शिलान्यास
बिहीबार, १२ माघ २०७९, १३ : ३५
रौतहट । एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको सदरमुकाम गौरमा घन्टाघरको शिलान्यास गरेका छन् । बिहीबार एक समारोहकाबीच नेता नेपाल र गौर नगरपालिकाका मेयर म्भु साहले बिपि चौकमा संयुक्त रुपमा घन्टाघरको शिलान्यास गरेका हुन्।
उक्त अवसरमा नेता नेपालका साथै प्रदेश सांसद तथा नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव ,प्रदेश सांसद नागेन्द्र साह,पुर्व सांसद रामकुमार भट्टराई लगायतको उपस्थिति रहेकोे थियो । गौर नगरपालिकाको कुल एक करोड ४६ लाखको लागतमा बिपि स्मारक तथा घन्टाघर निर्माण गर्न लागिएको हो । निर्माण दुई वर्षमा सम्पन्न हुने गौर नगरपालिकाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण