गण्डकीका मुख्यमन्त्रीको सचिवहरुलाई निर्देशन–पुँजीगत खर्च बढाएर चालु खर्च घटाउनु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका सचिवहरुलाई पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने निर्देशन निर्देशन दिएका छन् । बिहीबार मुख्यमन्त्री अधिकारीले सचिवहरुको बैठक बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेशको चालु आर्थिक वर्षको कुल बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । चालु आर्थिक वर्षका ६ महिनामा १६।६२ प्रतिशत मात्र बजेट खर्च भएको छ । यसमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन भएको छ । त्यसमध्ये चालुतर्फ २१।९२ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ १३।८२ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ हालसम्म खर्च भएको छैन । आगामी दिनमा पुँजीगत खर्च घटाउन मुख्यमन्त्री अधिकारीले निर्देशन दिएका हुन् ।
‘वित्तीय सुशासन र विकासको अनिवार्य शर्त हुन् । यस सवालमा अनावश्यक चालु खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नुस्,’ मुख्यमन्त्री अधिकारीको निर्देशन छ ।
प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न उनले सुझाएका छन् । आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फर्छ्यौट गरेर नयाँ बेरुजु हुन नदिने पहल गर्न पनि अधिकारीले सचिवहरुलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’
-
त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा