४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
३ दिनभित्र उपस्थित हुन निर्देशन
मङ्गलबार, ३० वैशाख २०८२, १८ : २३
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं चार वटा निजी विद्यालयमा छापा मारेको छ ।
काठमाडौँ महानगरपालिका–१० मा रहेको रोजबड बोर्डिङ स्कुल, पाठशाला नेपाल फाउण्डेशन, वृहस्पति विद्यालय व्यवस्थापन प्राली र राय स्कूल काठमाडौंमा छापा मारेको हो । छापा मारेर विद्यालयसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई तीनदिनभित्रमा विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विद्यार्थीहरूबाट शुल्क बढी लिने गरेको, तोकिएको पाठ्यक्रमभन्दा बाहिरको पाठ्यक्रम पढाउने, भौतिक पुर्वाधार लगायतका विषयमा जनगुनासो व्यापक रूपमा आएको भन्दै विभागले नीजि विद्यालयहरूको अनुगमनलाई तिब्रता दिएको हो ।
यसअघि आईबी कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न विद्यालयहरूमा समेत छापा पारेर आवश्यक कागजात जफत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण