बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा

३ दिनभित्र उपस्थित हुन निर्देशन
मङ्गलबार, ३० वैशाख २०८२, १८ : २३
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं चार वटा निजी विद्यालयमा छापा मारेको छ । 

काठमाडौँ महानगरपालिका–१० मा रहेको रोजबड बोर्डिङ स्कुल, पाठशाला नेपाल फाउण्डेशन, वृहस्पति विद्यालय व्यवस्थापन प्राली र राय स्कूल काठमाडौंमा छापा मारेको हो । छापा मारेर विद्यालयसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ । 

उनीहरूलाई तीनदिनभित्रमा विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विद्यार्थीहरूबाट शुल्क बढी लिने गरेको, तोकिएको पाठ्यक्रमभन्दा बाहिरको पाठ्यक्रम पढाउने, भौतिक पुर्वाधार लगायतका विषयमा जनगुनासो व्यापक रूपमा आएको भन्दै विभागले नीजि विद्यालयहरूको अनुगमनलाई तिब्रता दिएको हो । 

यसअघि आईबी कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न विद्यालयहरूमा समेत छापा पारेर आवश्यक कागजात जफत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप