डोटीमा सेती नदीमा बगेर १० वर्षीय बालक बेपत्ता
मङ्गलबार, ३० वैशाख २०८२, १७ : ४१
डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका १० वर्षीय अमित बिक सेती नदीमा बगेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब १ बजेर ४० मिनेटतिर झोलुङ्गे पुल नजिक नुहाउने क्रममा बालक नदीमा बगेर वेपत्ता भएका हुन् ।
उनी रमेश बिकका छोरा हुन्। घटना जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको कमान्डमा ७ जनाको प्रहरी टोली खटिएको र हाल तीव्र रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
हरेक वर्ष सावधानीको अभावमा सेती नदीमा मानिसहरू बगेर ज्यान गुमाउने घटनाहरू दोहोरिरहने गरेका छन्। स्थानीय प्रशासनले नदी आसपास सचेत रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण