माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् माया राईसहित २१ जनाविरुद्ध ३७ लाख ३५ हजार रुपैयाँ बिगो, ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबीसहित मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा आज मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध मुलुकी संगठित अपराधमा मुद्दा दायर भएको हो । राई
स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको अनुसन्धान प्रतिवेदनमा देखिएको छ । यद्यपि, उक्त हिनामिना संगठिन कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले गितेन्द्रबाबु राई (जिबी), देबेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, थशविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमला लामा, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ र राजु बराललाई ठगी तथा संगठित मुद्दामा प्रतिवादी बनाइएको छ ।
राईसहित २१ जनाविरुद्ध ६६९ बचतकर्ताले ८७ थान किटानी जाहेरी दिएका छन् ।राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो । स्वर्णलक्ष्मी सहकारी उनी मुद्दामा फरार रहँदै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण