रुपन्देहीमा राप्रपा जिल्ला उपाध्यक्षद्वारा पार्टीबाट राजीनामा*
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष* अजय कुमार गुप्ताले पार्टीबाट राजीनामा दिएका छन् । मंगलबार उनले पार्टीको साधारण सदस्य पदमा समेत नबस्ने भन्दै पार्टीबाट राजीनामा दिएका हुन् ।
भैरहवामा पत्रकार सम्मेलन गर्दै गुप्तासहित पार्टीको रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष डा.अमित चतुर्वेदी,विनीता गुप्ता जिल्ला सल्लाहकार पार्टीको सदस्यमा नबस्ने घोषणा गरेका छन् ।
अध्यक्ष गुप्ताले अव स्वतन्त्र र सचेत नागरिक भएर बस्ने घोषणा गरेका छन् । उनले पार्टीको जिल्ला उपाध्यक्षको हैसियतमा काम गर्नको लागि पार्टीका अग्रजहरुले नदिएपछि पार्टी परित्याग गरेर स्वतन्त्र बसेको रातोपाटीलाई बताए।
रुपन्देहीमा क्षेत्र नम्बर ३ राप्रपा नेता दीपक बोहराको निधन भएपछि पार्टी भित्र टिकटको आन्तरिक रूपमा नेताहरू टिकट ल्याउने तयारी गरेका छन्। टिकट नपाउने सङ्केत पाएपछि राजीनामा दिएको भन्ने रातोपाटीको प्रश्नमा टिकटको दौडमा आफू नभएर तर पार्टीभित्र काम गर्ने वातावरण नभएपछि छोडेर स्वतन्त्र नागरीको रूपमा काम गर्ने बताए ।

*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण