गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
मङ्गलबार, ३० वैशाख २०८२, १८ : ४९

काठमाडौँ । गायिका रचना रिमाल चढेको जहाज जर्मनी पुगेको छ । क्यानडाबाट भारत हुँदै नेपाल फर्कन लागेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो ।
जहाजको विषयमा उनले फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्,‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा