नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री पठाउने जिम्मेवारी पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई दिइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्री चयन गर्न बसेको बसेको सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा संसदीय दलको बैठकले सो जिम्मेवारी दिएको हो ।
यसअघि पार्टीबाट लक्ष्मणकिशोर चौधरीले सो मन्त्रालय सम्हाल्दै आएका थिए । तर वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको कुरा गरेको एक अडियो सार्वजनिक भएपछि चौधरीले राजीनामा दिएका थिए । बैठकले भोलिसम्म नाम टुंगो लगाउन रञ्जिता र रेशमलाई आग्रह गरेको छ ।
सो ठाउँमा मन्त्री पठाउन पार्टीमा केही दिनदेखि रस्साकस्सी चलेपनि टुंगो लगाउन सकेको छैन । पार्टी स्रोतका अनुसार रेशम चौधरीले आफ्नो पक्षबाट मन्त्री बनाउन चाहेका छन् भने रञ्जिता श्रेष्ठले आफ्नो पक्षबाट । यही विषयमा कुरा नमिलेको कारण मन्त्री चयन गर्न नसकेको बताइएको छ । दुई जनाका कारण मन्त्री चयनमा ढिलाइ भएको कारण यसको टुंगो लगाउन दुवै जनालाई नै जिम्मेवारी दिइएको हो ।
लक्ष्मण चौधरीले चैत १३ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसयता पार्टी मन्त्री चयनका लागि पटक पटक गृहकार्य भएको हो । तर दुवै पक्षले आ-आफ्नो अडान नछाडेपछि निर्णय हुन नसकेको स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण