बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करणका बाँकी खेल आगामी शनिबार (मे १७ तारिख) देखि सुरु हुँदैछ । भारत र पाकिस्तानबिच एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु भएपछि आईपीएल स्थगित गरिएको थियो ।
स्थगित हुनुअघि जारी आईपीएलको अन्तिम खेल दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबिच धर्मशालामा खेलिएको थियो । तर, सुरक्षाको कारण देखाउँदै त्यो खेल बिचैमा स्थगित गरिएको थियो । खेल स्थगित हुँदा पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा केवल एक विकेट गुमाएर एक सय २२ रन बनाएको थियो ।
पञ्जाबका लागि ओपनर ब्याट्सम्यान प्रियांश आर्याले आउट हुनुअघि ७० रन बनाएका थिए भने अर्का ओपनर प्रभसिमरन सिंह ५० रनमा अविजित थिए । त्यसपछि त्यो खेलको विषयलाई लिएर धेरै समर्थक अन्योलमा परेका थिए ।
त्यो खेल स्थगित भएकै अवस्थाबाट अघि बढ्छ वा फेरि सुरुदेखि खेलाइन्छ भन्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि केही बताएको थिएन । स्थगित भएकै अवस्थाबाट खेल सुरु भएको भए पञ्जाबलाई फाइदा पुग्ने थियो ।
तर, अहिले आएर बीसीसीआईले त्यो खेल पहिलो बलदेखि नै फेरि खेलाउने निर्णय लिएको छ । बीसीसीआईको यो निर्णयपछि पञ्जाबका समर्थक निराश बनेका छन् । दिल्ली र पञ्जाबबिचको उक्त खेल अब मे २४ तारिखमा जयपुरमा खेलाइने छ ।
पञ्जाब र दिल्ली दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा स्थान सुरक्षित गर्न संघर्षरत छन् । ११ खेलबाट १५ अंक बटुलेको पञ्जाब तालिकाको तेस्रो स्थानमा छ । पञ्जाबले हालसम्म सात जित र तीन हारको नतिजा निकालेको छ ।
पञ्जाबको एउटा खेल भने अनिर्णीत रूपमा सकिएको थियो । अर्कोतिर, ११ खेल खेलेको दिल्ली १३ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । दिल्लीले हालसम्म ६ जित र चार हारको नतिजा निकालेको छ । दिल्लीको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
नयाँ खेल तालिका अनुसार, आगामी शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिच बेंगलुरुमा खेल हुनेछ । १८औँ संस्करणको फाइनल खेल भने जुन ३ तारिखमा खेलिने छ । जारी आईपीएलको बाँकी खेल विभिन्न ६ वटा रंगशालामा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण