‘आहा कति राम्री’ भन्दै ‘मिस पवि’ फकाउँदै गायक हिमाल सागर

काठमाडौंँ । टिकटक पछिल्लो समय युवापुस्ताले निकै रुचाएको एप्स हो । त्यसैले टिकटक निर्माणका लागि धेरै मिहेनत र खर्च समेत गर्ने गरिन्छ । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो टिकटकबाट थुप्रै कलाक्षेत्रमा पनि भित्रिएका छन् ।
टिकटकमा ‘मिस पवि’ को रुपमा चर्चापछि कलाकारितामा भित्रिएकी कलाकार हुन् पवित्रा साँकी । उनी पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिँदै आएकी छन् । यस्तैमा ‘मिस पवि’ अर्थात पवित्रा अभिनीत नयाँ म्युजिक भिडियो ‘आहा कति राम्री’ सार्वजनिक भएको छ । भिडियोमा जोडीको रुपमा उनलाई गायक हिमाल सागरले अभिनय साथ दिएका छन् ।
प्रेमीले भाव व्यक्त गर्ने भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । गीत गायनमा हिमाललाई गायिका अनु चौधरीले स्वरमा साथ दिएकी छन् ।
हेमन्त शिशिरको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । निशल पौडेलको छायांकन, विकाश दाहालको सम्पादन रहेको भिडियो गीतकार एवं म्युजिक व्यवसायी शिवराज पौडेलले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने