‘आहा कति राम्री’ भन्दै ‘मिस पवि’ फकाउँदै गायक हिमाल सागर
काठमाडौंँ । टिकटक पछिल्लो समय युवापुस्ताले निकै रुचाएको एप्स हो । त्यसैले टिकटक निर्माणका लागि धेरै मिहेनत र खर्च समेत गर्ने गरिन्छ । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो टिकटकबाट थुप्रै कलाक्षेत्रमा पनि भित्रिएका छन् ।
टिकटकमा ‘मिस पवि’ को रुपमा चर्चापछि कलाकारितामा भित्रिएकी कलाकार हुन् पवित्रा साँकी । उनी पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिँदै आएकी छन् । यस्तैमा ‘मिस पवि’ अर्थात पवित्रा अभिनीत नयाँ म्युजिक भिडियो ‘आहा कति राम्री’ सार्वजनिक भएको छ । भिडियोमा जोडीको रुपमा उनलाई गायक हिमाल सागरले अभिनय साथ दिएका छन् ।
प्रेमीले भाव व्यक्त गर्ने भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । गीत गायनमा हिमाललाई गायिका अनु चौधरीले स्वरमा साथ दिएकी छन् ।
हेमन्त शिशिरको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । निशल पौडेलको छायांकन, विकाश दाहालको सम्पादन रहेको भिडियो गीतकार एवं म्युजिक व्यवसायी शिवराज पौडेलले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण