सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आहुति नेतृत्वको पार्टीले फागुन १ गते संकल्प पर्वको रुपमा मनाउने

मङ्गलबार, १७ माघ २०७९, १५ : ५५
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालले आगामी फागुन १ गते संकल्प पर्वको रुपमा मनाउने भएको छ । 

तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध दिवसलाई संकल्प पर्वको रुपमा मनाउने भएको हो । 

बुधबार एक विज्ञप्ति जारी गर्दै आहुतिले माघ २९ गते र फागुन १ गते दुई दिनलाई संकल्प पर्वको रुपमा मनाउन जनाएको हुन् ।  

फागुन १ गतेलाई बलिदानको स्मरण र क्रान्तिको निम्ति संकल्प पर्व अर्थात संक्षिप्तमा संकल्प पर्वको रुपमा मनाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

संकल्प पर्वको २ दिन मिठो मसिनो खाएर शुभकामना आदनप्रदान गर्नुका साथै आगामी संघर्षका लागि योजना बनाउनु पर्ने बताएको छ ।

aaa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप