सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयतालाई संस्थागत गर्न सके तराई मधेसको विकासमा कायापलट हुने बताएका छन् । बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयार सिचाई योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।
यादवले सङ्घीयतालाई संस्थागत हुन नदिने खेल सुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठुला दलहरुले तराई मधेसको विकासमा आनाकानी गर्ने गरेको प्रति लक्षित गर्दै यादवले एक पटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपने बताए ।
मधेस प्रदेश सरकारको करिब २१ करोड लागतमा निर्माण हुने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हुने बताइएको छ । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ ।
कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग