शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले घटायो नेपालका लागि बजेट, आर्थिक वर्षका लागि साढे ५ अर्ब दिने घोषणा

बुधबार, १८ माघ २०७९, १७ : २०
बुधबार, १८ माघ २०७९

काठमाडौँ । आर्थिक वर्ष २०२३/२४ का लागि भारत सरकारले नेपालको बजेट अनुदानमा कटौती गरेको छ । बुधबार आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भारतकी वित्त मन्त्री निर्मला सीतारमणले नेपालका लागि यस वर्ष कुल ५ अर्ब ५० करोड भारु छुट्याएको बताइन् । 
यो अघिल्लो वर्षको भन्दा ३६.३६ प्रतिशतले कम बजेट हो । अघिल्लो आर्थिक वर्ष २०२२/२३ का लागि भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारु छुट्याएको थियो । 

यस्तै आर्थिक वर्ष २०२१/२२ का लागि भारत सरकारले नेपाललाई ४ अर्ब ४६ करोड भारु विनियोजन गरेको थियो । भारत सरकारले आर्थिक वर्षको बजेटमा विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट समेत विनियोजन गर्ने गर्छ । वैदेशिक अनुदान अन्तरगत भारतले यस वर्ष पनि सबैभन्दा बढी बजेट भुटानका लागि छुट्याएको छ । भुटानले २४ अर्ब भारु सहायता पाउने भएको छ । 

यस्तै, अफगानिस्तान र बंगलादेशले समान २ अर्ब भारु पाउने भएका छन् भने माल्दिभ्यस र म्यानमारले समान ४ अर्ब भारु, श्रीलंकाले १ अर्ब भारु र मंगोलियाले ७ करोड भारु सहायता पाउने भएका छन् । अन्य अफ्रिकी मुलुकहरुलाई भने यस वर्ष भारतले २ अर्ब ५० अर्ब भारु सहायता छुट्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप