शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रियल बेटिसमाथि बार्सिलोनाको जित

बिहीबार, १९ माघ २०७९, ०७ : २२
बिहीबार, १९ माघ २०७९

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो । रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र रोबेर्टाे लेवान्डोस्कीले एक–एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा गरेको हो । खेलको ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रतासँगै जित नजिक लिए ।

यता रियल बेटिसले खेलको ८५औं मिनेटमा जुलेस कुन्डेको गोलमा खेल २­–१ कोृ बनायो । खेलको इन्जुरी समयमा रियल बेटिस १० खेलाडीमा समेटिएको थियो । बेटिसका लागि विलियम कार्भाओले रातोकार्ड खाए । जितसँगै बार्सिलोनाले ला लिगामा १९ खेलबाट ५० अंक जोडेको छ ।

बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहँदै ८ अंको अग्रता पनि लिएको छ । पराजित रियल बेटिस ३१ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप