प्रमुख दलहरुबीच सहमतिको विकल्प छैन : बाबुराम भट्टराई
विहीबार, १९ माघ २०७९, २२ : १२

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका हुन् ।
उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताउँदै डुंगा डुब्दा सबै डुब्ने र देशले ठूलो क्षति ब्यहोर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन् : ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ। कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा यामाहाले ल्यायो 'पावर अफ फाइभ' उपहार योजना
-
निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
-
अन्तर्राष्ट्रिय विमानस्थलको लोभले पोखरा र लुम्बिनीका होटलहरुमा लगानी गरेका हौं : अध्यक्ष केसी
-
डेंगी रोगबाट कसरी बच्ने ?
-
तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस
-
टानका निवर्तमान अध्यक्ष सुवेदीले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने