आफ्नो लगानीमा भएको निजी स्कुल देखाउन रावललाई मन्त्री खनालको चुनौती
काठमाडौँ । शिक्षामन्त्री शिशिर खनालले पूर्व उपप्रधानमन्त्री भीम रावलले लगाएको आरोप प्रति आपत्ति जनाएका छन् । शनिबार एक कार्यक्रममा एमाले नेता रावलले मन्त्री खनाल एक निजी स्कुलको सञ्चालक भएको आरोप लगाएका थिए ।
शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै रावलले नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो वीरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकिर गरेका थिए ।
रावलले लगाएको आरोपमा खनालले प्रति प्रश्न गरेका छन्, ‘मेरो लगानी भएको निजी विद्यालय कुन रहेछ, म खोज्दै थिएँ , डा भीम रावललाई थाहा रहेछ। लौ न भनिदिनु पर्यो १ नाम, ठेगाना भए सजिलो हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण