शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्रा विप्रेषक संघले अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलन गर्ने, सरकारसँग सहयोगको माग

आइतबार, २२ माघ २०७९, ११ : ३३
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपाल मुद्रा विप्रेषक संघले नेपालमा नै अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलन गर्ने भएको छ । संघका केन्द्रीय पदाधिकारीहरूले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग भेटी सोबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको छ । 

संघका अध्यक्ष चन्द्र टण्डनले मुद्रा विप्रेषक संघले निकट भविष्यमा नै नेपालमा अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलनको आयोजना गर्न लागिएको र उक्त सम्मेलन सम्बन्धित मन्त्रालयको समेत दायित्व भएकाले सहयोग गर्न मन्त्री अर्यालसँग आग्रह गरे ।

उक्त भेटका क्रममा संघका पदाधिकारीहरूले नेपालमा कसरी वैधानिक माध्यमबाट धेरैभन्दा धेरै रेमिट्यान्स भित्र्याउन सकिन्छ त्यसको उपायको खोजी समेत गरिएको छ । छलफलमा रेमिट्यान्स व्यवसायका साथै विदेशमा रहेका श्रमिकहरूको हक अधिकार सुरक्षित गर्न मन्त्रालयले चाल्नुपर्ने कदमका विषयमा समेत छलफल भएको संघका अध्यक्ष टण्डनले जानकारी दिए । 

समग्र व्यावसायिक हित तथा श्रमिकहरूको हितको लागि वैधानिक माध्यमबाट रेमिट्यान्स भित्राउन सरकारको तर्फबाट नगद इन्सेन्टिभ दिन तथा अन्य कुनै मोडल अपनाउन व्यवसायीहरूले आग्रह गरेका छन् । 

रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई नेपाल आउँदा कम्तीमा एक जना विदेशी पाहुना पनि लिएर आउनको लागि प्रोत्साहन गर्नुपर्ने र यसबाट पर्यटन प्रबद्र्धनमा पनि उल्लेख्य मद्दत पुग्ने साथै हौसला पनि हुने उनीहरूको भनाइ छ । 

संघका उपाध्यक्ष मित्तलले फिलिपिन्सको उदाहरण दिँदै वैदेशिक रोजगारीमा जान चाहने कामदारहरूलाई सेमिस्किल्ड र स्किल्ड बनाएर मात्र पठाउनुपर्ने जसका कारण विदेशी कम्पनीमा काम पाउन सहज हुने र उनीहरूको आम्दानीमा पनि वृद्धि हुने उनले बताए । 

भेटघाटका क्रममा मन्त्री अर्यालले संघका पदाधिकारीहरूले राखेका सम्पूर्ण मागहरू र सुझावहरू एकदमै जायज रहेको र कुनै कुनै विषयहरूमा निर्णय पनि भइसकेको जानकारी दिँदै उनले  विभिन्न देशहरूमा अलपत्र परेका नेपालीहरू नेपाल ल्याउन नसकेका बेवारिसे शवशहरु ब्लड मनी तिर्न नसकेर  विभिन्न जेलमा थुनिएका नेपालीहरूको तथ्याङ्क द्रुत गतिमा सङ्कलन गरी यथाशीघ्र कार्यान्वयनको लागी पहल भइसकिएको बताए । यस्तै अन्य विषयहरूमा पनि यथाशक्य चाँडो निर्णय लिने उनले प्रतिबद्धता जनाए । 

मन्त्री अर्यालले सोही अवसरमा मन्त्रालयको पहलमा चाँडै नै काठमाडौँ लगायत सातै प्रदेशमा रोजगार मेलाको आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त मेलामा सम्पूर्ण व्यवसायीहरूलाई स्टल राखेर आवश्यक कर्मचारी पूर्ति गर्न तथा थप रोजगारको सिर्जना गर्न पनि पहल गर्न अनुरोध गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप