नेपाल टेलिकम २० औं वर्षमा प्रवेश, २ करोड १३ लाख पुगे सेवाग्राही
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट प्रायोजित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रुपमा भएको थियो । तर, त्यसअघि २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानकारुपमा कम्पनीको स्थापना भएको थियो । सोहीकारण, कम्पनीले दर्ता भएको दिनलाइ नै आफ्नो स्थापना दिवसकारुपमा मनाउँदै आएको छ ।
सञ्चालनमा आएको १९ वर्षको अवधि वित्दा हाल कम्पनीमा २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । यो यही वर्षको मंसिर मसान्तसम्मको अवधिको तथ्यांक हो । यस्तै, टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको कूल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । हाल टेलिकममा फोरजी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् ।
टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण