बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सञ्चार क्षेत्रमा एकद्वार प्रणाली नहुँदा प्रविधिको विकास हुन सकेन : अध्यक्ष मल्ल

मङ्गलबार, २४ माघ २०७९, १४ : २०
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताएका छन् । 

मंगलवारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।   

उनले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भएपनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताए ।   उनले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले आइटी अध्ययनरत विद्यार्थीहरुलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताए ।   

अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आइटी कम्पनीहरू खोल्नुपर्ने बताए । उनले आइटी क्षेत्रलाई प्रवर्द्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरुलाई नेपालमै रोक्न सकिने बताए । 

अध्यक्ष मल्लले कुनैपनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताए । उनले विदेशी कम्पनीहरुसँग नेपालका कम्पनीहरुले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताए । उनले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताए । उनले कहिले बैंकको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको बताए । 

अध्यक्ष मल्लले बैंकहरुले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप