मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता सार्वजनिक

हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले आफ्नो कार्यकालका लागि ४४ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, रोजगारी अवसर सुनिश्चितता गर्ने, कृषि उद्योगहरुको स्थापनालाई प्रोत्साहन गर्ने र प्रदेशलाई समष्टिगत रुपमा खाद्य र पोषण सुरक्षाको प्रत्याभूती गराउने र हाल भइरहेको उत्पादन र खपतलाई आगामी ५ वर्ष भित्र दोब्बर वनाउने उनले बताए । आत्मनिर्भर कृषि र समृद्ध प्रदेशको परिकल्पना साकार गर्ने उनको लक्ष्य रहेको छ ।
उनले प्रदेश भित्रका कृषकहरुलाई सहज र सर्वसुलभ रसायनिक मल लगायत प्राङ्गारिक तथा जैविक मल उपलब्ध गराउन तत्काल कार्ययोजना तयार पार्ने, रासायनिक मलको कोटा बढाउन पहल गर्ने उनको प्रतिवद्धतामा उल्लेख छ ।
मन्त्रालय र काठमाडौं विश्वविद्यालय बीच भएको समझदारी बमोजिम प्रदेशमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन कार्य सम्पन्न गर्ने र प्राप्त प्रतिवेदनको निष्कर्षलाई सम्भावनाको आधारमा कार्यान्वयन गर्दै लगिने, प्रदेश पोल्ट्री विकास वोर्ड गठन गर्ने कार्यलाई चालू आर्थिक वर्षभित्र नै कार्यान्वयनमा ल्याउने, व्यवसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने, कृषि उपजहरुको बिक्री वितरण नभएको अवस्थामा न्यूनतम समर्थन मूल्य तोकी खरिद गर्ने, प्रदेशलाई दूध, अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अदुवा लगायतका कृषि वस्तुहरुमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई थप विस्तार गर्ने लगायतका प्रतिवद्धता रहेका छन् ।
सार्वजनिक निजी सहकारीको साझेदारीमा आधुनिक साइलो भण्डारण निर्माण गरी न्यूनतम समर्थन मूल्यमा खाद्यान्न खरिद गरी भण्डारण गर्ने, कृषि अनुसन्धान, प्रसार र शिक्षा बीच प्रत्यक्ष समन्वय र सहकार्य गरी कृषि अनुसन्धानबाट प्राप्त नतिजालाई किसानको खेतवारीसम्म पुर्याई किसानको समस्या हल गर्ने, आधुनिक खेती प्रणाली अवलम्वन गर्दै स्थान विशेष परियोजना सञ्चालनमार्फत चक्लावन्दी÷सामूहिक खेतीलाई प्रोत्साहन गर्ने लगायतका प्रतिवद्धता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा
-
किन भयो त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकमाथि आक्रमण ?
-
लागुऔषधहित ७ जना पक्राउ
-
जसपाका मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णय
-
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?
-
सिन्धुलीमा करेन्ट लागेर बालकको मृत्यु