आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मे १७ बाट फेरि सुरु हुने भएको छ। लिग चरणका बाँकी १३ खेलहरू ६ वटा स्थानमा खेलाइनेछ।
प्लेअफ चरण मे २९ बाट खेलाइनेछ र फाइनल जुन ३ मा हुनेछ। बीसीसीआईले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा यो जानकारी दिएको हो।
पाकिस्तानसँगको तनावका कारण मे ९ मा आईपीएल स्थगित गर्नुपर्यो। देश हाल युद्धको अवस्थामा रहेको भन्दै बीसीसीआईले प्रतियोगिता स्थगित गरेको थियो। यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु उचित नभएको बीसीसीआईको ठहर थियो।
रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिचको पहिलो खेल मे १७ मा बेंगलुरुमा खेलिनेछ। बाँकी खेलहरू जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा खेलाइनेछ।
लिग चरण मे २७ मा समाप्त हुनेछ। आइतबार, १८ र २५ मे मा २ डबल हेडर खेलिनेछ। यसको अर्थ ११ दिनमा १३ वटा लिग चरणका खेल हुनेछन्।
मे ८ मा धर्मशालामा हुने पञ्जाब र दिल्लीबिचको खेल पाकिस्तानको आक्रमणका कारण रोकिएको थियो। यो खेल अब मे २४ मा जयपुरमा खेलिनेछ।
प्लेअफ खेलहरूको स्थान अझै तय भएको छैन। यसअघि हैदराबाद र कोलकातामा २-२ प्लेअफ खेलहरू खेलाइने तय भएको थियो।
आईपीएल २०२५ अन्तर्गत ७४ खेल खेलाइने थियो। मे ७ सम्ममा ५७ खेल खेलिसकेका थिए, मे ८ मा ५८ औँ खेल बिचैमा रोकिनु पर्यो। अर्थात् अब १७ खेल बाँकी छन्। जसमध्ये १३ खेल लिग चरणका छन् भने ४ खेल प्लेअफ चरणका छन्।
कुन-कुन टोलीका खेलहरू बाँकी छन्?
मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई-दुई लिग खेल बाँकी छन्। बाँकी टोलीहरूले अझै तीन-तीन लिग खेल खेल्न बाँकी छ। एउटा टोलीले १४ लिग खेल खेल्नुपर्छ।
आईपीएलका १० मध्ये तीन टोली प्लेअफ दौडबाट बाहिरिएका छन्। यी तीन टोलीहरू, हैदराबाद, राजस्थान र चेन्नई छन्। बाँकी टोलीहरू अझै प्लेअफ दौडमा छन्।
के सबै विदेशी खेलाडीहरू अझै पनि भारतमा छन्?
होइन। जब बीसीसीआईले लिग स्थगित गर्ने निर्णय गर्यो, विदेशी खेलाडीहरू र सहयोगी कर्मचारीहरूलाई आ-आफ्नो देश फर्कन भनियो। यी मध्ये धेरै खेलाडीहरू आफ्नो घर फर्किएका छन्।
उनीहरुलाई फेरि बोलाइनेछ। यद्यपि, विश्व टेस्ट च्याम्पियनसिपको फाइनललाई ध्यानमा राख्दै केही अस्ट्रेलियाली खेलाडीहरूले भारत आउन अस्वीकार गर्न सक्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण