अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन् । बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताएका हुन् ।
उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने समेत बताए । सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनकाे भनाई छ । उनले भने– ‘समर्थन चाहीँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा