लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । मुख्यमन्त्री लीला गिरीले आफू नियुक्त भएको १ महिनापछि शनिबार मन्त्रीमण्डल विस्तार गरेका थिए ।
मन्त्रीमण्डलमा माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारू भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाकी जानकीप्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका थिए ।
एक महिना बिनाविभागीय मन्त्रीको रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाई खानेपानी ग्रामीण तथा शहरी विकासमन्त्री र माओवादीका कृष्ण केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण